चितवनः कोभिड १९ को त्रास वढे संगै जिल्लामा उच्च सतर्कता अपनाईएको छ । यो संगै जिल्लाको सम्बेदनशिल मानीएको कार्यालय कारागार कार्यालय भरतपुरमा साबधानी अपनाईएको छ ।
कारागार कार्यालय भरतपुरमा १५ शैयाको क्वारेनटाईन तयार गरिएको छ । कारागारमा आएका नयाँ कैदि तथा बन्दिहरुलाई लक्षित गरि क्वारेनटाईन स्थापना गरिएको हो ।
कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार कैदी वन्दी राख्दै आएको एउटा कोठा खालि गरि क्वारेनटाईन स्थापना गरिएको हो । आईतबार देखि स्थापना गरिएको क्वारेनटाईनमा हाल दुईजना रहेका छन् । सामान्य ज्वरो आएका एक जना र अदालतबाट पठाएका एक जनालाई क्वारेनटाईनमा राखिएको काफ्लेले जानकारी दिनुभयो ।
यस अघि २२ जना कैदी वन्दी राख्दै आएको सो कक्षमा हाल १५ जना राख्ने गरि क्वारेन्टाईनको व्यवस्था गरिएको हो । कारागारमा रहेका कैदी तथा बन्दीहरुमा ज्वरो, रुघा, खोकी आएका बिरामीलाई क्वारेनटाईनमा रखोर उपचार गरिने उहाँले बताउनुभयो ।
कारागारमा अहिले भेटघाट वन्द गरिएको छ । कार्यालयको काममा आउने व्यक्तिहरुलाई साबुनपानीले हात धोएर जाने र माक्स लगाउन अनिर्वाय गरिएको छ । २ सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा हाल ६ सय ७७ जना, २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ५७ जना र ४ जना आश्रीत बालबालीका रहेका छन् ।
क्षमता भन्दा तीन गुणा बढि कैदी वन्दी रहेकाले कोभिड १९ को त्रास वढेपछि क्वारेन्टाईनको व्यवस्था गरिएको हो । संक्रमण हुन नदिनका लागि कार्यालयले बिशेष साबधानी अपनाएको काफ्लेले जानकारी दिनुभयो ।








