चितवनः ईलाका प्रहरी कार्यालय टाँडीले रु १ लाख ४ हजार ६ सय नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का रुपेस भट्ट, वडा नम्बर १३ का तेज वहादुर खत्री, ईन्द्र वहादुर भण्डारी, मोहन सुबेदी, राजिव पाठक रहेका छन् ।
उनीहरु रत्ननगर नगरपालिका वडा नम्बर १३ श्रिभक्त घिमिरेको खाली गोठमा तास खेलिरहेको अबस्थामा तीन बुक तास सहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्धा थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।