चितवनः प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले राज्यले रोक लगाएका बाहेक अन्य सूचनाहरु सहज रुपमा उपलव्ध गारउन निर्देशन दिनु भएको छ । नेपाल प्रेस युनियन चितवनले रजत बर्षको उपलक्षमा आज यहाँ आयोजना गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरु बिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सूचना अधिकारीहरुलाई सहज रुपमा कार्यालयका सूचना प्रबाह गर्न निर्देशन दिनुभएको हो ।

सूचना प्रबाह सहज भएमा कार्यालयको कामका बारेमा जनताले जानकारी पाउने भन्दै उहाँले हरेक कर्मचारीहरुलाई आम नागरिक भएर सोच्न समेत आग्रह गर्नुभयो । कर्मचारीहरु बाहिर आउन नचाहने कारण पत्रकारहरुले सहज रुपमा सूचना पाउन कठिन भएको हुनसक्ने उहाँले बताउनुभयो । सुचना अधिकारी र कार्यालय प्रमुखहरु बिचको समन्वयलाई बढाउनुपर्ने भन्दै पत्रकारहरुलाई यथार्थ सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारहरुका लागि सूचना महत्वपूर्ण रहेको भन्दै माग भए अनुसारका सूचना सहज पाउन नसक्नु बिडम्बना भएको बताउनुभयो । पत्रकारले हरेक सूचनालाई जनतामा पुर्याउने काम गर्ने भएकाले सहज बातावरणमा सूचना उपलव्ध गराईदिन आग्रह गर्नुभयो ।
नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लामा रहेका सरकारी कार्यालयहरुका सुचना अधिकारीहरुले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । आ–आफ्ना धारणा राख्ने क्रममा केही सूचना अधिकारीहरुले सूचना सहज रुपमा उपलव्ध गराउन नसक्न वताएका थिए ।

प्रतिक्रिया दिनुहोस !