चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ७ क्यान्सर गेट अगाडी आज बिहान ट्रकले साईकल यात्रीलाई ठक्कर दिदाँ एक जनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट गितानगर तर्फ जाँदै गरेको ना ७ ख ४०९१ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेकी साईकल यात्री भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर निबासी ३५ बर्षिया लक्ष्मि सुबेदीलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाईते सुबेदीको घटना स्थलमानै मृत्यु भएको भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना बिहान ६ बजे भएको हो ।

प्रतिक्रिया दिनुहोस !