चितवनः नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा गोर्खा पत्र दैनिकका समाचारदाता बसन्त पराजुलीले नेपाल पत्रकार महासंघ चितवन शाखालाई पुस्तक हस्तान्तरण गर्नु भएको छ । पराजुलीलले आज आँफुद्धारा लिखित कथा संग्रह कुमाता सहित अन्य १० कृति महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडालाई हस्तान्तरण गर्नु भएको हो ।

महासंघको पुस्तकालयमा रहने गरि पुस्तक हस्तान्तरण गरिएको पराज्ुलीले जानकारी दिनुभयो । पुस्तक ग्रहण गर्दै महासंघका अध्यक्ष खतिवडाले पराजुलीको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो । पत्रकारहरुलाई आवश्यक पर्ने सुचना तथा पुस्तकहरु अध्ययन गर्ने बानि बसाल्नका लागि पुस्तकालय संञ्चालनमा ल्याईएको हो ।

प्रतिक्रिया दिनुहोस !