चितवन: पूर्बी चितवनको भण्डारामा शुक्रार राती बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका वडा नम्बर २ बस्ने २३ बर्षिय राजिव ठाकुर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्ब पश्चिम लोकमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर ७ बिरेन्द्रनगरमा नारायणगढबाट बिरगञ्ज तर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबहाक बसले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाईते स्कुटरको पछाडी सवार ठाकुरको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो । स्कुटरचालक भरतपुर महानगरपालिका वडा नम्बर १० का २२ वर्षिय श्रीसव देवकोटा घाईते भएको कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो । घाईते देवकोटाको पुरमनो मेडीकल कलेजमा उपचार भईरकेको र अबस्था मध्यम रहेको उहाँले बताउनुभयो ।
स्कुटरलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना राति ९ बजे भएको थियो ।

प्रतिक्रिया दिनुहोस !