चितवनः बिश्वव्यापी बन्दै गईरहेको नेवोल कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिकाले आफ्नो तयारी तिब्र बनाएको छ । भरतपुर महानगरपालिकाले कोरोना भाईरस रोकथाम तथा पूर्ब तयारी समन्वय समिति गठन गरेको छ । महानगरमा आज बसेको सर्बपक्षिय बैठकले महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु सदस्य र महानगरको जनस्वास्थ्य प्रबर्धन शाखाका संयोजक सदस्य सचिब रहने गरी समिति गठन गरेको हो ।
महानगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरसको संक्रमण हुन सक्ने भन्दै यसको रोकथामका लागि समन्वय समिति गठन गरेको हो । बैठकले महानगरका सवै वडाहरुमा वडा स्तरीय समन्वय समिति गठनका लागि अनुरोध गर्नुका साथै सूचना मुलक कृयाकलापहरु गर्न गराउन आग्रह समेत गरेको छ ।
बैठकमा सहभागी स्वास्थ्य शाखा सह संयोजक सूर्य तिवारीका अनुसार कोरोना भाईरस रोकथाम तथा पूर्ब तयारी चिकित्सकीय टाक्स फोर्स गठन गर्ने निर्णय समेत गरेको छ । यस्तै महानगरपालिका भित्र रहेका सरकारी तथा निजी अस्पतालहरुमा आईसोलेसन वाड(छुट्टै कक्ष) तयारी अबस्थामा राख्न समेत आग्रह गरेको तिवारीले जानकारी दिनुभयो ।
बैठकमा जिल्लामा संक्रमणको खतरा र यहाँ अपनाईएका साबधानीका बारेमा महानगरका स्वास्थ्य बिज्ञ डा. भोजराज अधिकारी, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्य, चितवन मेडीकल कलेजका निर्देशक डा. दायाराम लम्साल, निजी अस्पताल समन्वय समिति (अफिम)का नारायण सिंह कुवर, बिक्रम अधिकारी लगाएतले बोल्नु भएको थियो ।
सो बैठकले भरतपुर बिमानस्थलमा रहेको स्वास्थ्य परिक्षण कक्षलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महानगर बासिलाई भाईरसको संक्रमण हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !