चितवनः जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा आएका एक जना बिरामीमा कोरोना भाईरसको लक्ष्यण देखिए पछि परिक्षणका लागि पठाईएको छ । केन्द्रिय प्रयोगशलामा उनको नमुना परिक्षणका लागि पठाईएको हो । यस अघि अस्पतालमा आएका दुई जना बिरामीको नमुना परिक्षणका क्रममा नेगेटिभ देखिएको थियो ।
यसै बिच जिल्लामा कोरोना भाईरसका बिरामीहरुलाई उपचारका लागि राख्न भरपुर अस्पतालमा आईसोलेसन वार्ड (छुट्टै कक्ष) बिस्तार गरि १९ वटा पुर्याईएको छ । अस्पतालमा आज नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पाँच शैया रहेको आईसोलेसन वार्डलाई १९ शैयाको वनाउने निर्णय संगै कार्यान्वयनमा ल्याएको हो ।
अस्पतालमा आएका शंकास्पद बिरामीलाई सेवा दिन शैया थप गरिएको हो । अस्पतालमा रहेको कोरोना आउट ब्रेक म्यानेजमेन्ट टिमलाई बिस्तार गरि १३ सदस्यीय वनाईएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार लक्ष्यण देखिएका बिरामीहरुलाई छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाईएको हो ।
पछिल्लो १० दिन देखि रुघाखोकी तथा ज्वरो आएका,े दुई हप्ताभित्र कोरोना जोखिमयुक्त देशमा भ्रमण गरेको वा भ्रमण गरेका व्यक्तिहरुसंग भेटघाट भएका व्यक्तिहरुले अस्पतालको २ सय १ नम्बर कोठा बाट सेवा लिन सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !