चितवन: भरतपुर महानगरपालिका वडा नम्बर ३ कमलनगरमा रहेको बोरा संकलन केन्द्र आगलागी भएको छ । आज बिहान २ः ३५ बजे प्रमोद शाहको बोरा संकलन केन्द्रमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार आगो स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिईएको छ । आगलागीका कारण रु १५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीको के करणले भएको हो भन्ने विषयमा अध्ययन भईरहेको छ ।