चितवनःगैंडाको आक्रमणबाट माडीमा एक जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका वडा नम्बर ९ का भोजकुमारी बिकलाई गैंडाले आक्रमण गरेको हो ।
बि.क.लाई भैंसी चराउन जाने क्रममा घांगर खोलामा गैंडाले आज बिहान आक्रमण गरेको प्रहरीले जनाएको छ । गैंडाको आक्रमणबाट गम्भिर घाईते बिकको वघौडा अस्पतालमा उपचार भईरहेको छ ।