चितवन: ट्रकको ठक्करबाट एक जना पौदलयात्रीको मृत्यु भएको छ । राति पुलचोकबाट लायन्सचोक तर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनि ट्रकले पौदलयत्रीलाई ठक्कर दिदाँ नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १७ का अन्दाजी ५० वर्षिय ठाकुर पौडेलको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भिर घाईते पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेललाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
यस्तै नारायणगढ– मुग्लिन सडक खण्डमा बिग्रीएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा बिग्रीएर रोकी राखेको ना ५ ख ९६२२ नम्बरको ट्रकमा कटारीबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ६ ख १५९२ नम्बरको बस आज राति ठक्कर खाएको थियो ।
ठक्करबाट बसमा सवार १० जना र ट्रकका चालक गरि ११ जना घाईते भएको कार्यालयका प्रबक्तता एकनारायण कोईरालाले जानकारी दिनुभयो । बसमा ३१ जना सवार रहेका थिए ।
घाईते मध्ये पाँच जनाको चितवन मेडीकल कलेज र ६ जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । ठक्कर खाने बस र ट्रक प्रहरीको नियन्त्रर्णमा रहेको र घाईते सबैको अबस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !