चितवनः पूर्ब पश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक एक आपसमा ठक्कर खाँदा ९ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ बजे बिरगञ्जबाट काठमाडौ जान आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र बिपरित दिशातर्फ जाँदै गरेको ना ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका वडा नम्बर ९ नमुना पेट्रोलपम्प अगाडी ठक्कर खाएको थियो ।
बस र ट्रक ठक्करखाँदा बसमा सवार ३४ जना मध्ये ९ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको र सबैको अबस्था खतरा मुक्त रहेको छ । ठक्कर खाने दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको र बस चालक फरार रहेको कार्यालयका प्रबक्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !