चितवनः सरकारले कक्षा १ देखि ९ सम्मको बार्षिक परिक्षा यहि चैत ५ गते भित्र लिन निर्देशन गरेको छ । कोरोना भाईरसको संक्रमण वढ्ने खतार भए पछि सरकारले यस्तो निर्णय गरेको थियो ।
सरकारले ५ गते सम्म परिक्षा लिई सक्नुपर्ने भनेको भए पनि जिल्लाका स्थानीयतहहरुले भने सो निर्णय उल्लंघन गरेका छन् । उनीहरुले चैत २ गतेबाट मात्रै बार्षिक परिक्षा लिने जनाएका छन् ।
शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख भूमिलाल सुवेदीका अनुसार स्थानीयहतहरुले तयारी नपुगेको भन्दै सरकाले तोकेको समयमा ार्षिक परिक्षा गरान नचाहेका हुन् । उनीहरुले परिक्षाका लागि प्रश्नपत्र निर्माण देखि लिएर अन्य कामहरु गर्नु पर्ने भएकाले चैत २ गते देखि परिक्षा संञ्चालन गर्ने भनेका हुन । दुई गतेबाट सुरु गरिएको परिक्षा ९ गते भित्र सक्ने गरि गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
सरकारले चैत ५ गते भित्र परिक्षा सक्नका लागि पनिर्देशन गरे संङ्गै आज कार्यालयले सबै स्थानीय तहका शिक्षा अधिकारीहरुलाई वोलाएको थियो । शिक्षा अधिकारीहरुले यो निर्णय गरेको सुवेदीले बताउनुभयो ।