चितवनः कालिका नगरपालिका वडा नम्बर ५ स्थित एक कुखुराको खोरमा लागु औषध सहित दुई जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय सुवाष श्रेष्ठ र सोही नगरपालिका वडा नम्बर १ बस्ने देवन मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार श्रेष्ठको कुखुराको खोरमा लागु औषधको सिरिन्ज प्रयोग गरिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार उनीहरुको साथबाट डाईजेपाम ५५ एम्पुल, फेनारागन १ सय २९ एम्पुल र नुरफिन ५९ एम्पुल बरामत गरिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । यसैगरी आजै राप्ती नगरपालिका वडा नम्बर ११ बेलडाँडामा स्थानीय २७ वर्षिय रामबहादुर थिङ्गलाई ११ किलो गाँजा सहित पक्राउ गरिएको कोईरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !