चितवनः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष बामदेव गौतमनै मनोनित हुने बताउनुभएको छ । प्रेस संगठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्रीले गौतमलाईनै सिफारीस गर्ने बताउनुभयो ।
पत्रकारहरुको प्रश्नमा उहाँले भन्नुभयो “ प्रधानमन्त्रीले सिफारीस नगर्ने कुरा म कल्पना सम्म पनि गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यती बुझेको हो ।” प्रधानमन्त्रीले गौतमलाई सिफारीस गर्नु भएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उहाँको जवाफ थियो “म अहिले त्यतातिर जानै चाहान्न । मलाई बिश्वास छ उहाँले पार्टीको सचिबालय समितिको बैठकले सर्बसम्मत गरेको निर्णयलाई अबज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दीन । कसैले पनि सक्दैनन् ।”
आँफु र प्रधानमन्त्री एबं पार्टीका अध्यक्ष केपि ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिबालय बैठकले सर्बसम्मत रुपमा गौतमलाई सिफारीस गर्ने निर्णय भएको दाहालको भनाई थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रिय सभामा जानै पर्छ भन्ने नभएको भन्दै उहाँले ६ महिनाका लागि राष्ट्रिय सभामा नगएर पनि डा. युवराज खतिवडा अर्थमन्त्री हुन सक्ने बताउनुभयो ।
संबिधान संसोधन गरेर प्रधानमन्त्री ह्ुने भए मात्र राष्ट्रिय सभामा जाने उपाध्यक्ष गौतमको सर्त भने गएको सचिबालय बैठकबाट हटेको दाहालको भनाई थियो । उहाँले संबिधान संसोधन एउटा प्रकृयामा अघि वढ्ने पनि जानकारी दिनुभयो ।
उपाध्यक्ष गौतम सिफारीसका लागि व्यवसायीहरु संग बैठक बसेको भन्ने भनाई कपोकल्पीत हल्ला मात्र भएको उहाँले बताउनुभयो । दाहालले भन्नुभयो“त्यो नियोजित, भ्रामक र कपोकल्पीत छ । त्यस्तो कहि बैठक वा डिनर भएको कसैले प्रमाणीत गरिदियो भने म त्यसलाई बधाई भन्छु ।” प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनित भएको प्रसस्त उदाहारण भएको भन्दै उहाँले मैले ल्याएर के के गरे भन्ने तपाईहरुलाई थाहानै छ नी भन्नुभयो ।
प्रमुख प्रतिपक्षि नेपाली काङ्ग्रेसका सभापति र नेताहरु संग भएको भेट सामान्य राजनैतिक प्रकृया भएको उहाँले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !