
चितवनः गृहमन्त्री रामबहादुर थापा बादलले बीपि कोईराला मेमोरीयल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा बिकास गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । अस्पतालको आज निरिक्षण पछि प्रतिकृया दिदै उहाँले यस अस्पताललाई प्रतिष्ठानको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।
अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रको रुपमा बिकास गर्नुपर्ने पनि बताउनुभयो । सुखी नेपाली स्वस्थ नेपाली भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक वनाएको उहाँको भनाई थियो । देशभर र छिमेकी देशबाट समेत बिरामी उपचारका लागि आउने यस अस्पतालमा बिरामीले दुःख पाउन नहुने बताउनुभयो ।
उहाँले स्वास्थ्य सबैभन्दा ठूलो सम्पति भएकाले यसमा सरकारको बिशेष जोड रहेको पनि बताउनुभयो । सो अबसरमा अस्पतालका नवनियुक्त अध्यक्ष डा. निर्मल लामिछाने, कार्यकारी निर्देशक डा. बिजय चन्द्र आचार्य र कानुन अधिकृत गोकर्ण सापकोटाले अस्पतालका बिषयमा जानकारी गराउनु भएको थियो । अस्पताल सुधारको बाटोमा गएको भन्दै गृहमन्त्री थापाले खुशि प्रकट गर्नुभएको थियो ।
तीन वर्ष अघि सो अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरि निगरानीमा राखेको थियो । त्यस पछि कार्यकारी निर्देशकमा आचार्य नियुक्त भए संगै अस्पतालले सुधारको बाटो लिएको हो । मन्त्री थापाले आजै भरतपुर महानगरपालिका वडा नम्बर १६ मा निर्माण भएको क्रुजको अवलोकन र परिक्षण यात्रा पनि गर्नु भएको छ ।
आईतबार चितवन आउनु भएका गृहमन्त्री थापा आज काठमाडौं फर्कनु भयो । यो जिल्ला उहाँको गृह जिल्ला हो ।