चितवनः नेपालका चार्टर एकाउन्टेन्टहरुको साझा संस्था नेपाल चार्टर एकाउन्टेन्ट संघको कोषाध्यक्षमा चितवनका शुशिल घिमिरे निर्वाचित हुनु भएको छ । घिमिरेले खसेको १ हजार ६ सय १७ मत मध्ये ८ सय ७३ मत पाएर निर्वाचित हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्धन्द्धी उम्मेदवारलाई घिमिरेले १ सय ५४ मतले पराजित गर्नु भएको हो । ए क्यानको अध्यक्षमा काठमाडौंका आनन्द शर्मा वाग्ले बिजयी हुनु भएको छ । ए क्यानमा २ हजार ४ सय सदस्य रहेका छन् । दश वर्ष अघि भारतबाट सिए उत्तीण गर्नुभएका घिमिरे बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध हुनुहुन्छ ।
व्यक्तिगत सम्बन्धका कारण घिमिरेको समु्हबाट थोरै संख्यामा मात्र निर्बाचित हुँदा समेत उहाँ बिजयी हुन सफल हुनु भएको जिल्लाका सिए सन्तोष रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सामाजीक क्षेत्रमा उहाँको सहभागीताका कारण बनेको सम्बन्धले गर्दा उहाँ बिजयी हुनुभएको हो ।” नबनिर्वाचित घिमिरेले संस्थाको गरिमा उच्च राख्ने काम आँफुले गर्ने बताउनुभयो । उहाँले संस्थालाई प्रादेशीक रुपमा लैजान कार्यसमिति लाग्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !