चितवनः माडी नगरपालिका वडा नम्बर १ अम्बवामा पानी जम्मा गर्ने खाल्डोमा खसेर आज दिउँसो एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय महेन्द्र महत्तोका २ वर्षिय छोरा निश्चल महत्तो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगनमा पानी जम्मा गर्न खनिएको खाल्डोमा खसि घाईते भएका निश्चलको उपचारका क्रममा बघौडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । निश्चल खेल्ने क्रममा खाल्डोमा खसेका थिए ।