चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसिसि) परिमार्जन सहित अनुमोदन हुने बताउनु भएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले एमसिसि बाईवल नभएकाले अध्ययन गरेर परिमार्जन सहति अनुमोदन गरिने बताउनु भएको हो ।
शुक्रबार एमसिसि अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिबेदन पेस गरेको बताउँदै यस विषयमा बिस्तृत अध्ययन गरि परिमार्जन सहित अनुमोदन हुने बिश्वास दाहालले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो“एमसिसि कुनै बाईबल होईन यसलाई परिमार्जन गरेर अघि वढ्छ ।” प्रधानमन्त्रीले यस बिषयमा अमेरीकी सरकार संग पनि कुरा गरीसकेको उहाँले जानकारी दिनुभयो ।
पत्रकारहरु संग कुराकानी गर्दै अध्यक्ष दाहालले सरकारको कामका बिषयमा आज देखि सुुरु हुने सचिबालय बैठकले समिक्षा गर्ने वताउनुभयो । अहिलेको सरकारले गरेका राम्रा कामहरुलाई पनि केही नराम्रा कामहरुले छोपेको भन्दै उहाँले यस बिषयमा समिक्षा गरेर अघि वढ्ने बताउनुभयो । पछिल्लो समय भ्रष्टाचार संस्थागत हुँदै गएको हो ? भन्ने पत्रकारको प्रश्नमा उहाँले यस बिषमा बैठकमानै छलफल गरिने बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक बिबाद नरहेको बताउनु भयो । उहाँले भन्नुभयो “बिद्यार्थीहरु बिचमा एक दुई ठाउँमा सामान्य बिबाद हुँदा नेकपा भित्रको बिबाद छ भन्नु हुँदैन ।”

प्रतिक्रिया दिनुहोस !