
काठमाडौंः सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यस्तो माग गर्नुभएको हो ।
सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको बिज्ञप्तिमा उल्लेख छ ।
७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो संञ्चार माध्य ममार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछै बिज्ञप्तीमा भनिएको छ ।
यस्तो छ शर्माले जारी गरेको विज्ञप्तिः
फागुन ८, २०७६
संचार मन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् !
प्रेस वक्तव्य
सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए ितर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गे्निङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।
७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो हाम्रा कुरा डटकम मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।
जय नेपाल ।
विश्वप्रकाश शर्मा
प्रवक्ता