
चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मोटरसाईकल अनियन्त्रीत भई पल्टिदाँ आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरका ३० वर्षिय राजेन्द्र पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चौबिसकोठी–मेघौली सडक खण्ड अन्तर्गत वडा नम्बर १९ को तमुचोकमा चनौलीबाट रामपुर तर्फ आउँदै गरेको प्रदेश नम्बर २००३–००४ प ९४४० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रीत भई सडक छेउमा रहेको रुखमा ठोक्कीन जाँदा मोटरसाईकल चालक पौडेलेको मृत्यु भएको हो । मोटरसाईकल पल्टिदा घाईते चालक पौडेलको उपचारको क्रममा स्थानीय स्वास्थ्य चौकीमा राति ८ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।