चितवनः भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले कार र्याली गर्ने भएको छ । भरतपुर महानगरको पर्यटन प्रबर्धन गर्ने उद्धेश्यका साथ फागुन १० गते भरतपुर–लुम्बिनी कार र्याली आयोजना गरिएको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो ।
महानगर सहित चितवन घुम्न जाउ भन्ने उदेश्यले कार र्याली आयोजना गर्न लागिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । लुम्बिनी आउने पर्यटकलाई चितवन घुम्न निम्तो दिन कार्यक्रम गरिएको दाहालले जानकारी दिनुभयो । दुई नगरको पर्यटन प्रबर्द्धन गर्न कार्यक्रम प्रभाबकारी हुने प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताउनुभयो ।
र्यालीमा १५० कार सहभागी हुने अपेक्षा गरिएको छ । पर्यटकिय गन्तव्य प्रचार गर्न खोजिएको पर्यटन बिकास समिती चितवनका महासचिव बिश्व सुबेदीले बताउनुभयो । कार र्यालीमा सहभागी हुन आब्वाहान गरिएको छ । लुम्बिनी पुगेर पर्यटन प्रचार गरेर सोही दिन र्याली फर्कन पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
फागुन १० गते नारायणी नदी किनारमा जम्मा भएर महानगरको बजार परिक्रमा गरि लुम्बिनी प्रस्थान गरिने सो अवसरमा जानकारी दिईएको थियो । महानगरका २९ वटा मुख्य पर्यटकीय गन्तव्यहरु पहिचान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । मेघौली, पटिहानी, विसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरव्लक, नारायणी नदी बीच मोडेल तथा चौकी डाँडा महानगरको प्रमुख ७ केन्द्र रहेको र उनीहरुको प्रबर्धनका लागि महानगर लागि परेको सो अवरमा बताईयो ।
संघीय सरकारको १०० गन्तव्यहरुमा सूचिकृत बिसहजारी ताल, पटिहानी तथा बागमती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्यहमा १ गन्तव्यहरुको रुपमा मेघौली सूचिकृत हुनु महानगरका लागि गौरवको बिषय बनेमो पत्रकार सम्मेलनमा जानकारी दिईयो । सूचिकृत पर्यटकीय गन्तव्यहरु सहित अन्य स्थानको भगिनी पालिकाहरु सुंग प्रचार प्रसार गरिने छ ।
महानगरले पर्यटन प्रबर्धनका लागि ३२ वटा कृयाकलाप मध्ये अहिले १० वटा कार्यक्रम सम्पन्न भईसकेको छ । भ्रमण वर्षलाई लक्षित गर्दै महानगर भित्रर रहेका ६५ वटा पर्यटकीय होटलहरुमा बिशेष छुटको कार्यक्रम समेत सुरु गरिएको छ । जिल्लामा २ सय ३० वटा होटल रेष्टुरेन्टहरु रहेको र जसमा ७ हजार पर्यटकको क्षमता रहेको छ ।