आन्तरिक राजस्व कार्यालय चितवनले कम्युटर विलिङ्ग सम्वन्धि प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ । मूल्य अभिबृद्धि करमा दर्ता भएर कम्युटर बिलिङ्ग अनुमति लिएका व्यवसायीहलाई लक्षित गरि यो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कार्यालयका प्रमुख शुभ प्रसाद रिजालले यो बिलिङ्ग गर्दा हुने फाईदाका बारेमा सेवा ग्राहीहरुलाई जानकारी दिनु भएको थियो । रु १० हजार देखि रु १ लाख सम्मको कारोवार बिद्युतिय भुक्तानी गर्दा राज्यले १० प्रतिशत छुट दिने गरेको भन्दै उहाँले यसले सबैलाई सहज र नाफामुलक हुने बताउनु भयो ।
यो सोवा लिने उपभोक्ता सेवा दाता सबैलाई सहज हुने उहाँले बताउनुभयो । कार्यालयमार्फत १ सय ७९ व्यवसायीक प्रतिस्ठानले बिद्युत्तिय बुक्तानी प्रकृया सुरु गरेको जानकारी दिदै उहाँले अव सबै व्यवसायीक कम्पनिहरुमा यसबाट हुने पाईदा र सहजताको बारेमा जनाकारी गारँदै यसलाई अघि वढाउने तयारीमा सरकार रहेको बताउनुभयो ।
राजस्व बिभागले करदाता प्रणालीमा सुधार गरि गुणस्तर कायम राख्नका लागि सहयोग पुग्ने अपेक्षा लिईएको छ । करदाताको बायोम्याट्रिक सुचनाहरु लिई अभिलेख राख्ने प्रणाली अन्तरर्गत यो काम सुरु गरिएकाले सबैमा यसको जानकारी हुन आबश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !