निलगाईको आक्रमणबाट महत्तो घाईते

चितवन: पूर्बि चितवनको कुमरोज सामुदायीक वनमा निलगाईको आक्रमणट एक जना घाईते हुनु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घाईते हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १३ निवासी ५० वर्षिय शिवनारायण महत्तो रहनु भएको छ ।

अनुमति लिई खर खडाई संकलनका लागि गएका महत्तोलाई निलगाईले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाईते महत्तोको अबस्था मध्येम रहेको र पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ ।