
चितवनः स्वास्थ्यका कारण प्रतिवन्धित नेकपाबाट बिदा भएका गुणराज लोहोनीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । अभद्र व्यवहारसम्बन्धी मुद्धा चितवन अदालतले खारेज गरेसँगै छुटेका विप्लव समूहका पूर्वनेता लोहनीलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
आइतबार चितवन जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले लोहनीमाथि लगाइएको अभद्र व्यवहारको मुद्धा खारेज गर्ने फैसला सुनाएको थियो । तर अदालत परिसरबाटै प्रहरीले लोहनीलाई पक्राउ गरी हेटौंडा लगेको छ ।
पूर्वशिक्षक समेत रहेका लोहनी केही महिना अघि सम्म विप्लव समूहको केन्द्रीय सदस्यको जिम्मेवारी दिईएको थियो । तर स्वास्थ्यमा समस्या आएपछि पार्टीबाट विदा लिएका थिए ।
तर प्रहरीले उनलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरको मुद्दा चलाएको थियो । यसअघि कात्तिक ५ गते पक्राउ परेका लोहनी १३ दिन हिरासतमा बसेर जिल्ला प्रशासन कार्यालयबाट पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।