काठमाडौंः काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।