
चितवनः कर्मचारी मिलन केन्द्र चितवनको साधारण सभा तथा बनभोज तथा सधारण सभा कार्यक्रममा आज सम्पन्न भएको छ । जिल्ल समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रका संरक्षक चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईको बिशेष आतिथ्यता रहेको कार्यक्रममा केन्द्रलाई पुर्णता समेत दिईएको छ ।
सधारण सभाले रिक्त रहेका पदहरुमा सात जना थप गरिएको छ । थपहुनेमा लिलाधर पौडेल, यज्ञमुक्र्ति भण्डारी, रत्न लामिछाने, दयढाकृष्ण भट्ट, तारा न्यौपाने, लगाएतका रहेको सचिब ईश्वरी सिंखडाले जानकारी दिनुभयो ।
कर्मचारीलाई बाह्य गतिबिधिमा सहभागि गराउनु आबश्यक रहेको सभाले निर्णय गरेको छ । यस्तै खेलकुदका कार्यक्रमहरुलाई सक्रिय रुपमा अघि वढाउने, अफिसर क्लबको रुपमा रहेको संस्थालालाई कर्मचारी मिलन केन्द्रमा लगेर सबै तहका कर्मचारी अट्न सक्ने गरि संस्थालाई अघि वढाउने निर्णय भएको सिंखडाले जानकारी दिनुभयो भयो ।
महेन्द्र प्रसाद भण्डारीको अध्यक्ष सम्पन्न उपाध्यक्ष ईन्दुराय यादब, कोषाध्यक्ष बद्रि सापकोटा लगाएतले बोल्नुभएको थियो ।