चितवनः प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला सेक्रेटरी विकास वलीलाई प्रहरीले नियन्त्रर्णमा लिएको छ । गोर्खाबाट आएका सादा पोसाकका प्रहरी र मुग्लिनबाट प्रहरीको सहयोगमा वलीलाई मुग्लिनबाट पक्राउ गपरिएको हो ।
मुग्लिन प्रहरीको चेकजाँचका क्रममा उनलाई आज साँझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पार्टी कामको सिलसिलामा हिडिरहेको बेला गोरखा जिल्ला सेक्रेटरी विकास लाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
दाङ जिल्ला घर भएका विकास वली केही महिना अघि गोरखा सेक्रेटरी भएर सरुवा हुनुभएको थियो । वलीलाई आजै गोर्खा लगिएको प्रहरीले जनाएको छ ।