चितवनः फागुन १ गते जनयुद्ध दिवस मनाउने बिषयलाई लिएर कृषि तथा बन बिज्ञान विश्वबिद्यालय रामपुरमा बिद्यार्थीहरु बिच झडप भएको छ । अनेरास्ववियू निकट बिद्याथीहरु बिच एक आपसमा झडप हुदाँ तीन जना घाईते भएका छन् ।
जनयुद्ध दिवसको बिषयलाई लिएर तत्कालीन नेकपा माओवादी निकट बिद्यार्थीहरुले समाजीक संजालमा गरेको पोष्टमा तत्कालीन नेकपा एमाले निकटका बिद्यार्थीहरुले गरेको कमेन्टको बिषयलाई लिएर बिद्यार्थीहरु बिच झडप भएको हो ।
आज दिउँसो माओवादी निकट बिद्यार्थीहरुले एमाले निकट बिद्यार्थीहरुलाई कुटपिट गरे पछि साँझ एमाले निकट बिद्यार्थीहरुले माओवादी निकट बिद्यार्थीहरुलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चनौलीका प्रहरी नायब निरिक्षक पदम बस्ताकोटीका अनुसार बिद्यार्थीहरु बिचको झडपमा परि तीन जना घाईते भएका छन् । तीन जना मध्ये दुई जनाको अबस्था सामान्यउ भएकाले स्थानीय मेडीकलमा उपचार गरि पठाईएको र एक जनालाई उपचारका लागि चितवन मेडीकल कलेज पाईएको उहाँले जानकारी दिनुभयो ।
दिउँसो तत्कालीन दुबै बिद्यार्थी संगनका नेताहरु मिली समस्या समाधान गरेको भए पनि अहिले पुनः बिबाद भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !