
चितवनः नेपाल बिद्यार्थी संघ चितवनले प्रधानमन्त्री केपी शर्मा ओलिको पुत्ला दहन गरेको छ । नेपाल बिद्यार्थी संघ चितवनका नेता परमेश्वर खनालको नेतृत्वमा निस्किएको बिरोध प्रदर्शनको क्रममा उनीहरुले ओलिको पुत्ला दहन गरेको हो ।
ओलि नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेताहरुलाई जोगाउँदै काँग्रेसका नेताहरुलाई फसाउन अख्तियार प्रयोग गरेको भन्दै नेबिसंघले प्रधानमन्त्री ओलिको पुत्ला दहन गरेको नेबिसंघ सप्तगण्डकी ईकाई सचिब साजन गुरुङ्ले जानकारी दिनुभयो ।
सप्तगण्डकी कलेजबाट निस्किएको प्रदशन चौबिसकोठीमा आएर कोणसभामा परिण भएको थियो । सभालाई सम्बोधन गर्दै बिद्यार्थी नेताहरुले अख्तियारले संबैधानीक अंग नभई कुनै मन्त्रालयको बिभागको काम गरेको आरोप लगाए । ललिता निबासको जग्गा प्रकणरमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र जग्गा धनि बिष्णु पौडेललाई बचाएर नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छेदारलाई फसाउन लागेको उनीहरुले आरोप लगाए ।
कार्यक्रममा सम्बोधन गदै बिद्यार्थी नेतृ कल्पना पौडेलले सरकारले जनताको काम गर्न छाडेर काँग्रेस संग राजनैतिक पूर्वाग्रह साधेको आरोप लगाउनु भयो । सरकार जनताको हितमा काम गर्नु पर्नेमा कार्यकर्ताहरुलाई जोगाउन लागेको उहाँको आरोप थियो । नेबिसंघ नेता निरज अग्रवालले आफुना भ्रष्ट नेताहरुलाई जोगउन अख्तियारको प्रयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले भ्रष्टाचार सहन्न भन्ने प्रधानमन्त्रीले नेकपाका नेता माधव नेपाल र महासचिब विष्णु पौडेललाई मुक्ति दिएको बताउनु भयो ।
यस्तै बिद्यार्थी नेता परमेश्वर खनालले ओलि नेतृत्वको सरकार आँफैमा भ्रष्ट भएको आरोप लगाउनु भयो । कार्यक्रममा नेपाल बिद्यार्थी संघ चितवन क्षेत्र नम्बर तीनका कार्यवहाक सभापति बसन्त गैरे, नेबिसंघ सप्तगण्डकीका ईकाई अध्यक्ष राजेश भूषाल, बिद्यार्थी नेता कृष्ण बगाले लगाएतले बोल्नु भएको थियो ।