चितवनः नेपाल तरुणदल चितवनले आज यहाँ प्रदर्शन गरेको छ । बालुवाटार स्थित ललिता निवासको जग्गा प्रकरणको बिषयलाई लिएर तरुणदलले बिरोध प्रदर्शन गरेको हो ।
भरतपुरको चौविसकोठी देखी नारायणगढको पुल्चोकसम्म विरोध प्रदर्शन गरेको हो । सरकारको बलमा ललिता निवास प्रकरणका मुख्य नाईकेलाई जोगाउने काम भएको भन्दै प्रदर्शन गरिएको तरुणदल चितवनले जनाएको छ ।
अख्तियारमा सरकारको प्रभाव देखिएको र सरकारले जनताको पक्षमा नभई नेकपाको पक्षमा काम गर्न लागेको प्रदर्शन पछि आयोजित सभामा बोल्ने बक्ताहरुले बताएका छन् । नेकपाका कार्यकर्ता संरक्षणका लागि सरकार रहेको भन्दै उनीहरुले यस्तो प्रबृतिले देशमा संम्बृद्धि आउन नसक्ने बताए ।
जनताको मत बाट वनेको सरकारले आफ्ना कार्यकर्ता लाई जोगाएर छानी छानी काँग्रेस संग राजनैतिक पूर्वाग्रह राखेको बताए । नेपाली काँग्रेस चितवनका उपसभापति कैलाश कोईरालाले अख्तियारको प्रयोग गरेर सरकारले नेकपाका नेता जोगाएको आरोप लगाउनुभयो । ललिता निबासको जग्गा प्रकरणमा मुख्य नाईके माधव नेपाल , विष्णु पौडेललाई जोगाउन विजय कुमार गच्छादारमाथी प्रहार गरेको आरोप कोईरालाको थियो ।


विरोध सभामा बोल्दै उपसभापति कोईरालाले लिलामणी पौडेल समेतले उन्मुक्ति दिएर अन्यमाथी मुद्धा लगाएकोमा आपत्ती जनाउनुभयो । उहाँले काँग्रेसमाथीको प्रतिशोधका लागी सरकारले अख्तियार प्रयोग गरेको आरोप लगाउनुभयो । यस्तै सभालाई सम्बोधन गर्दै नेपाल तरुणदल चितवनका संस्थापक राजेश्वर खनालले सरकारको बदनियतका कारण जनताचले दुःख पाउने दिन आएको बताउनुभयो ।
ललिता निवासको जग्गाको बिषयमा नेकपाका नेतालाई जोगाएर अन्य नेतालाई सरकारले बदनियतपुर्ण ब्यवहार गरेको बताउनुभयो । नेपाल तरुण दल चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले कम्यूनिष्ट सरकारको नाममा अधिनायकबाद लाद्न खोजेको आरोप लगाउनु भयो । कम्यूनिष्ट नेताहरु नाईके भएको प्रकरणमा उनीहरुलाई केही नगरेकोमा आपत्ती रहेको भन्दै सरकारको नियत माथी प्रश्न गरेका छन ।
सरकारको आँफुखुशि निर्णयले देशको जनताले चाहे जस्तो बिकास हुन नसक्ने नेताहरुले बताए । कार्यक्रममा नेपाल तरुणदल चितवनका अध्यष राजन ताम्राकारले जनताको भावनामाथी खेल्ने गरि सरकारका काम कारवाहि अघि वढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !