चितवनः नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्त विपरित राज्य जान लागेको बताउनु भएको छ । पत्रकारहरु संग आज यहाँ कुराकानी गर्दै उहाँले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्धेश्यले अघि वढ्नु पर्नेमा पक्षपाती भएको बताउनुभयो ।
“समानताको सबै भन्दा बढि दुवाई दिने राजनैतिक नेतृत्व भएको राज्य भएको समयमा समानताको ससद्धान्तको बिरुद्धमा जान लाग्यो भन्ने चिन्ता वढ्न थाल्यो” उहाँले भन्नुभयो ।

नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार प्रबेश गर्न नपाउने बिध्येक ल्याउन लागेको भन्दै उहाँले यो गलत मनसायबाट ल्याउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारमा भए पछि जे पनि गर्न पाईन्छ ? नीतिगत निर्णयको नाममा जस्तो सुकै ठूला काण्ड, घोटलाहरु गर्न पार्एन्छ भन्ने मनसायले अघि बढ्यो भने मुलुक बर्बाद हुन्छ ।” यसले लोकतन्त्रलाई कम्जोर बनाउने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “लोकतन्त्रको सट्टा धन तन्त्रतर्फ देशलाई लान खोजियो ।”
फरक प्रसंगमा बोल्दै उहाँले पार्टी भित्र बैचारीक द्धन्द भए पनि अहिले केही हद सम्म समाधान भएको बताउनुभयो । आँफु पार्टी भित्र बिकृतिको अन्त्य गर्नु पर्छ भन्ने पक्षमा रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “पार्टी भित्र धेरै ठाउँमा बिकृति बिसंगती रहेको छ । त्यसको अन्त्य हुनु पर्छ ।” राजनीतिलाई सम्मानको क्षेत्र बनाउनु पर्ने भन्दै उहाँले सुशासन, पारदर्शीता र बिकृति रहीत बनाउन आबश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !