तरुण दलले प्रदर्शन गर्ने

चितवनः नेपाल तरुणदल चितवनले आईतबार बिरोध प्रदर्शन गर्ने भएको छ । सरकारले रानैतिक पूर्वाग्रह राखेर अख्तियारलाई प्रयोग गरेको भन्दै तरुणदल चितवनले बिरोध प्रदर्शन गर्न लागेको हो ।
तरुणदल चितवनका सचिब प्रल्हाद उप्रेतीका अनुसार आईतबार बिहान ११ बजे २४ कोठी देखि पुलचोक सम्म बिरोध प्रदर्शन गर्ने छ । सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गा धनिलाई जोएर काँग्रेसका उपसभापति बिजयकुमार गच्छेदारलाई फसाउन खोजेको भन्दै आन्दोलन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
काँग्रेसको केन्द्रिय निर्देशन अनुसार कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो । बिरोध सभामा जिल्लाका सबै क्षेत्रबाट तरुणहरुको सहभागीता हुने उहाँले जानकारी दिनुभयो ।