चितवनः नेपाल बिद्यार्थी संघ चितवनले मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारले नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छेदारलाई भ्रष्टाचारको मुद्धा लगाए पछि आन्दोलित बनेको नेपाली काँग्रेसले आफ्ना शुभेच्छुक तथा भातृ संस्थाहरुलाई आन्दोलन गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार नेपाल बिद्यार्थी संघ चितवनले आज साँझ लायन्सचोक देखि पुलचोक सम्म बिरोध प्रदर्शन गरेको थियो । बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघका केन्द्रिय महामन्त्री दिपक भट्टराईले अहिलेको सरकारले राजनैतिक वदला लिन अख्तियारलाई प्रयो गरेको आरोप लगाउनु भयो । अख्तियार कम्युनिष्ट सरकारको कठपुतलि वनेको उहाँको भनाई थियो ।


कोणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले तत्कालीन मन्त्रीलाई मुद्धा दर्ता गर्दै गर्दा तत्कालीन प्रधानमन्त्री र जग्गा धनीलाई कारवाहि नगर्नु कम्युनिष्ट पार्टीको कठपुतलि अख्तियार वनेको दाबि गर्नु भयो ।
सभालाई सम्बोधन गर्दै नेविसंघ चितवनका सभापति शूर्य ढकालले सरकारकोे बिरोधमा अझै शशक्त आन्दोलन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !