चितवनः चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा ५ महिनाको पोथी गैंडा मृत अबस्थामा भेटिएको छ । निकुञ्जका निमित्त प्रमुख बेदवहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देबचुली नगरपालिका वडा नम्बर १७ मा बच्चा गैंडा मृत अबस्थामा भेटिएको हो ।

मृत गैंडाको शरीरमा चोटै चोट भेटिएको खड्काले जानकारी दिनुभयो । भालेको आक्रमणबाट उक्त पोथी गैंडा मरेको हुन सक्ने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैंडा यो संगै १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !