चितवनः ५० करोड संकलनको लक्ष्यसहित चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गरिएको धनधान्यान्चल महोत्सवमा श्रीमद्भागवत माहापुराण शुरु भएको छ ।
आइतबार उद्घाटन भएको महोत्सवमा आज बाट श्रीमद्भागवत माहापुराण शुरु भएको मुल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिनुभयो । धनधान्यान्चल महोत्सवका प्रमुख वाचक पण्डित दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत माहापुराण शुरु भएको उहाँले बताउनुभयो ।
माहापुराण वाचनसँगै भजन किर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम पनि शुरु भएको उहाँले जानकारी दिनुभयो । यस्तै आज बिहानैबाट दाताहरु दान गर्ने क्रम पनि शुरु भएको उहाँले बताउनुभयो ।
यसैबीच निर्माणाधिन रंगशालामा शुरु भएको धनधान्यान्चल महोत्सवमा ९४ बर्षिय वृद्वाले तुलादान गरेकी छिन् । भरतपुर २४ धुर्बकी ९४ बर्षिय खिला कुमारी गोदारले आफ्नो तौल ४५।८६ को ११ हजार बराबरको तुला दान गरेको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिनुभयो । वृद्व वृद्वाले तुला दान गर्दा शुभ हुने धार्मिक परम्परा रहेकोले दान गरेको गोदारले बताउनुभयो । गोदारसँग अन्य भक्तजनहरुले पनि तुलादानको लागि नमा दर्ता गराएको समिति संयोजक शर्माले जानकारी दिनुभयो ।
२६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड रकम संकलन हुने अनुमान गरिएको छ भने ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !