राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले शिक्षामा विविधिकरणको आबश्यकता रहेको बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ पारसनगरमा रहेको शहिद स्मृति माध्यामिक बिद्यालयको आज आयोजित स्वर्ण महोत्सबको समापन समारोहमा बोल्दै उहाँले बिद्यार्थीहरुको रुची अनुसार शिक्षालाई वर्गीकरण गर्नु आबश्यक रहेको बताउनुभयो । यसले गर्दा शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिने उहाँले बताउनुभयो ।
अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएकाले यसलाई विविधिकरण गर्दै शिक्षकले तलब मात्रै खाने नभई गुणस्तरमा ध्यान दिन आबश्यक रहेको बताउनुभयो । अबको शिक्षाले उत्पादीत जनशक्ति कति खपत हुन्छ भन्ने विषयमा समिक्षा गर्न जरुरी रहेको उहाँको भनाई थियो ।
अहिले शिक्षक नियुक्तिका क्रममा प्रतिश्पर्धामा आएका भए पनि शैक्षिक गुणस्तर दिन नसक्नु समिक्षाको बिषय बनेको उहाँले बताउनुभयो । नीजि क्षेत्रले शिक्षामा दिएको योगदान भन्दा राज्यको योगदान ठूलो भए पनि राज्यबाट संञ्चालित बिद्यालयले प्रतिफल दिन नसकेको उहाँको भनाई थियो ।
अबको शिक्षा उद्यमशिल शिक्षा हुनुपर्ने भन्दै उहाँले प्राबिधिक शिक्षामा जोड दिन आबश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमबहादुर परियार, भरतपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हरिबिलास कोईराला, समाजसेवी भगिरथ तिमिल्सीना, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद तिवारी लगाएतले बोल्नु भएको थियो ।
सो अबसरमा बिद्यालयको स्वर्ण महोत्सबका अबसरमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !