
चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरर्गत दुई नम्बर पुलबाट चामल बोकेको ट्रक खोल्सामा खस्दा एक जना घाईते भएका छन् । घाईते हुनेमा ट्रकका चालक नवलपरासीको सुनौल बस्ने ३३ वर्षिय शेरवहादुर गुरुङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
लु १ ख ६३४८ नम्बरको ट्रक भौरहवाबाट चामल लिएर पोखरा तर्फ जाँदै गरेको थियो । ट्रक ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा आज बिहान ७ः३० वजे दुर्घटना भएको हो । घटनामा परि ट्रकका चालक गुरुङ गम्भिर घाईते भएको र उहाँको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।