चितवनः जिल्लामा भएका दुइृ दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षिय पुरुष व्यक्ति र ८ महिनाको वच्चा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिवार राति पूर्ब पश्चिम राजमार्ग अन्तरर्गत रत्ननगर नगरपालिका वडा नम्बर ३ तरकारी चोकमा पूर्बबाट पश्चिम तर्फ आउँदै गरेको बा४ ख ९५०९ नम्बरको बसले बिपरीत दिशा तर्फ जाँदै गरेको ना ३९ प १९२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको हो ।
वसको ठक्करबाट घाईते चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । मोटरसाईकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
यस्तै खैरहनी नगरपालिका वडा नम्बर ३ तरकारी चोकमा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी मनोरसा ६ बस्ने गुन्दो मण्डलका ८ महिनाको छोरा सत्यम मण्डल रहेका छन् ।
जलेश्वरबाट कामाडौं तर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र सोही दिशाबाट आई रहेको ना ६ ख १५०६ नम्बरको ट्रक ठक्कर खाँदा १० जना घाईते भएका थिए । घाईते मध्ये मण्डलको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।
अन्य घाईते मध्ये दुई जनाको अबस्था गम्भिर र अन्यको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाईतेहरु मध्ये ५ जनाको चितवन मेडीकल कलेज र अन्यको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ ।
बस , ट्रक र ट्रक चालक नियन्त्रणमा रहेको भए पनि बस चालक फरार भएको प्रहरीले जनाएको छ । दुर्घटना राती १ः१५ बजे भएको हो ।

प्रतिक्रिया दिनुहोस !