घुस सहित राजस्वका कर्मचारी पक्राउ

चितवनः अख्तियार कार्यालय प्रदेश नम्बर तीनले घुस सहित एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरवन्दिमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजार सहित आज पक्राउ गरेको हो ।
आन्तरिक रजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङ्गको कामका बिषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिनुभयो । अधिकारीलाई अख्तियार कार्यालय हेटौडा लगिएको छ ।