एनसेल टावरमा आगजनी

चितवनः खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा केशबराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्ममा क्षती भएको छ । आईतबार राती १० : ४५ बजे अज्ञात समुहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।
कोईरालाका आुनसार दमकल, नेपाल प्रहरी र स्थानीयको सहायताले रातीनै आगो नियन्त्रणमा लिईएको थियो । आगो लगाउने समूहको खोजि कार्य भईरहेको उहाँले जानकारी दिनुभयो ।