चितवनः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले अहिलेको शिक्षा मागीखाने शिक्षा भएको बताउनु भएको छ । बालकुमारी माध्यामिक बिद्यालय नारायणगढको स्वार्ण महोत्सब बिशेष समारोह एवं ५४ औं बार्षिकोत्सब तथा सम्मान कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले शिक्षा क्षेत्रबाट अहिले उत्पादीत बेरोजागरहरुले देशलाई मागि खाने भाँडो बनाएको बताउनुभयो ।
रोजगार मुखी शिक्षा अहिलेको आबश्यकता रहेको उहाँले बताउनुभएको छ । अहिलेको शिक्षाले बेरोजगार उत्पादन गर्ने काम मात्रै गरेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो “शिक्षा लिएको, हातमा प्रमाणपत्र छ तर कतै काम पाईदैन ।” यसले गर्दा समाजमा नकारात्मक प्रभाब परेको भन्दै उहाँले अबको शिक्षा हरेक स्थानमा मानिसको शैक्षिक योग्यताको कदर हुने खालको हुन आबश्यक रहेको बताउनुभयो ।
उहाँले थप्नुभयो“शिक्षा पढाई मात्रै नभएर यसलाई व्यहारीक जीवनमा समेत उतार्न सक्नु पर्छ ।”शैक्षिक जनशक्ति बेरोजगार हुनुले देशको बिकास हुन नसकेको उहाँको भनाई थियो । अहिले सम्मको शैक्षिक गुणस्तरको मापन प्रबेशीका परिक्षामा भएको भन्दै उहाँले अबको मापन कति रोजगार छन् छैनन् भन्ने विषयमा निहित हुने बताउनुभयो । बजारको माग अनुसारको शिक्षा आबश्यक रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो“अहिलेको शिक्षाले युवा पुस्तालाई माग्ने बनाएको छ । यो रोक्ने खालको शिक्षा आबश्यक छ । हामी त्यसैको पक्षमा छौ ।”
शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र बिद्यार्थी जिम्मेवार हुन आवश्यक रहेको उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले लोकतान्त्रीक प्रकृयालाई कसैले रोक्न नसक्ने बताउनुभयो । जनताको वलिदानबाट आएको गणतन्त्रमा जनताले हाँसो चाहेको भन्दै उहाँले त्यसको पूर्तीका लागि राज्य लागि परेको छ भन्नुभयो । संबिधान कार्यान्वयनको चरण्मा रहेको भन्दै उहाँले संबिधान बिपरित काम कुनै पनि नहुने बतानुभयो । जनताले सामाजिक न्याय चाहेको बताउँदै उहाँले यसो हुन नसके बिद्रोह हुने खतार वढ्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा, बागमती प्रदेशका सांसद बिजय सुवेदी, पूर्ब मन्त्री केशबलाल श्रेष्ठ, भरतपुर महानगरपालिका उपप्रमुख पार्बती शाह ठकुरी, जिल्ला शिक्षा समन्वय अधिकारी भूमिलाल सुवेदी, बालकुमारी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ पौडेल, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशिराम प्रधान लगाएतले बोल्नु भएको थियो ।
सो अवसरमा बिद्यालयलाई सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । बिद्यालय वि. सं. २०२२ साल माघ १२ गते स्थापना भई संञ्चालनमा आएको हो ।