चितवनः ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरीनटार स्थित पृथ्वी राजमार्गमा शनिबार राति मोटरसाईकलको ठक्करबाट गम्भिर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८६ वर्षिय जगबहादुर गुरुङ्ग रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट मुग्लिन तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४४४१ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ गम्भिर घाईते गुरुङ्गको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो । राती ८ वजे मोटरसाईकलले ठक्कर दिदाँ घाईते गुरुङ्गको १० वजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !