चितवनः रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको राष्ट्रिय मिनी म्याराथोनको उपाधि शशस्त्रका गोपाल चन्द्र पार्कीले हात पार्नु भएको छ । आज बिहान भएको प्रतियोगितामा उहाँले निधारीत दुरी १५ दशमलब ४ किलोमिटर दुरी ४२ मिनेट ३५ सेकेण्डमा पार गर्नु भएको थियो ।
यस्तै देस्रो स्थानमा भरतीय सेनामा कार्यरत अनिस थापामगर र तेस्रो स्थानमा त्रिभूबन आर्मी क्लबका दिपक अधिकारी वन्न सफल हुनु भयो । उहाँहरुले क्रमश ४२ मिनेट ४१ सेकेण्ड, ४४ मिनेट ११ सेकेन्डमा निधारीत दुरी पार गर्नु भयो ।
नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्धन गर्दे उद्देश्यले राष्ट्रिय स्तरको रोटरी मिनी म्याराथोन प्रतियोगिता गरिएको हो । क्लवका अध्यक्ष बिपिन पोख्रेलका अनुसार राप्ती नगरपालिकाको भण्डामाराबाट सुरु एको म्याराथोन रत्ननगरको स्टार वैङ्क्युट होटलमा आएर सम्पन्न भएको थियो ।
प्रतियोगितामा बिभागीय धाबक नेपाल आर्मी, नेपाल प्रहरी, शशस्त्र प्रहरी, चेपाङ् धावकहरु, र बिदेशी सहित ३ सय ५२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा तीन जना विदेशी, ७९ जना चेपाङ् धावकको सहभागिता रहेको पोख्रेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्धितृय हुनेले रु २५ हजार र तृतिय हुनेले रु १५ हजार नगद सहित चाँदीको मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै प्रपितयोगितामा दश नम्बर सम्म आउने धावकहरुलाई रु १ हजार नगदले सम्मान गरिएको छ ।
त्यसैगरि प्रतियोगिता पुरा गर्ने ४४ जना महिला धावकलाई नगद रु ५ हजारले सम्मान गरिएको छ । प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ, जिल्ला समन्य समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटी, मिस नेपाल अर्थ रिया बस्नेत लगाएतले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको थियो ।
रोटरी क्लब अफ रत्ननगरले यस अघि रोटरी पुस्तकालय, शहीद स्मृति पुस्तकालय, लटौली खाजा तथा लघुबित्त कार्यक्रमको संञ्चालन, रोटरी सार्वजनीक शौचालय निर्माण, बृहत रक्तदान कार्यक्रम जस्ता सामाजिक काम गर्दै आएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै क्लबले सौराहामा रोटरी घण्टाघरको निर्माणको काम समेत सुरु गरेको क्लबका निबर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिनुभयो ।