
चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकमा पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बुधबार राति बाटोमा हिडी रहेका करिब ६५ वर्षिय पुरुष व्यक्ति अचानक सडकमा पल्टिंदा उनको मृत्यु भएको हो ।
सडकमा पल्टिंदा घाईत् ती पुरुषको उपचारका क्रममा राति ९ वजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।