चितवनः नारायणगढ –मुग्लिन सडक खण्डमा खसेको सुख्खा पहिरो पन्छाए पछि सडक संञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ तुईन खोलामा मंगलबार राती सुख्खा पहिरो खसेको थियो ।
राती ९ः ३० वजे पहिरो खसेर अबरुद्ध बनेको सडक आज बिहान २ः४५ वजेबाट पहिरो पन्छाए पछि संञ्चालनमा आएको नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी ई. शिब खनालले जानकारी दिन भयो । खनालका अनुसार पहिरो पन्छाउनका लागि दुईवटा जेसिभि र एउटा लोडर प्रयोग गरिएको थियो ।
सुख्खा पहिरो तुईनखोलाको तीन नम्बर पुल नजिक खसेको हो । एक वर्ष अघि बिस्तारको काम सम्पन्न भएको सो सडकमा अहिले पहिरो रोक्ने काम भईरहेको छ ।