चितवनः बिगत लामो समय देखि कार्यालय प्रमुख विहिन रहेको जिल्ला प्रहरी कार्यालय चितवनमा आज प्रहरी संगठन प्रमुख चितवनमा आउनु भएको छ । तर उहाँलाई जिल्ला प्रहरी कार्यालय चितवनमा प्रमुख को आउँछ भन्ने पत्रकारहरुले सोध्न खोज्दा उहाँले यस बिषयमा आफु प्रतिकृया दिन नचाहेको बताउनुभयो ।
पत्रकारहरु संग कुराकानी गर्ने क्रममा खनालले भन्नुभयो “यो बिषयमा तपाईहरुलाई समेत थाहा छ । हामी लाई नफसाउनुहोस । प्रशासनीक काम भईरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा अहिले निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक एकनारायण कोईरालाले चलाई रहनु भयो । पुष १८ गते जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल सरुवा भएको क्षेत्रमा गए पछि त्यस यता कार्यालय प्रमुख आउन सकेका छैनन् ।
प्रहरी प्रधान कार्यालयले मल्लको ठाउँमा गंगा पन्तलाई पठाउने भनि सरुवा निकालेको भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा समेत लामो समय सम्म कार्यालय प्रमुख नआउनुलाई जिल्लाको सुरक्षा र राजनैतिक वृत्तमा चर्चा चल्न थालेको छ । दाहालको ईच्छामा सरुवा भएकी पन्तले हाँजीर गर्न पाउनु भएन ।
अहिले पनि जिल्लाको प्रहरी कार्यालय प्रमुखको पठाउने भन्ने बिषयमा अन्योल रहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस !