
चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा आज बिहान भएको दुर्घटनामा परि घाँईते मध्ये दुई जनाको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतक मध्ये एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अन्य घाईते मध्ये १३ जना चिनिया पर्यटकको चितवन मेडीकल कलेज र आठ जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । अन्य दश जना घाईते सामान्य उपचार पछि फर्किएका छन् । गुडीरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बस ठक्करखाँदा ३३ जना घाईते भएका थिए ।
नारायणगढ तर्फ आउँदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकमा पछाडीबाट आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर खाएको थियो । ट्रकमा ठोक्कीएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ ।
पर्यटक बोकेर बस सौराहा जान आउँदै गरेको जनाईएको छ ।