चितवनः प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले माघे सक्रान्ति मेलामा घाईते भएका प्रहरी जवानहरुको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रह गर्नु भएको छ । आज यहाँ उपचाररत घाईतेहरुको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै उहाँले उपचारमा सम्लङ्न चिकित्सकहरुलाई यस्तो आग्रह गर्नु भएको हो ।
खनालले चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा उपचार गराई रहेका घाईते भेट्नु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार चितवन मेडीकल कलेजमा एक जना र पुरानो मेडीकल कलेजमा १४ जना घाईते प्रहरी उपचाररत रहेका छन् ।
उनीहरुको अबस्थाको बारेमा प्रत्यक्ष भेट गरि खनालले जानकारी लिनुभएको हो । सो क्रममा उहाँले उपचारमा संम्लग्न चिकित्सकहरुसंग पनि भेट गर्नुभएको थियो । सो क्रममा उहाँले उपचारमा कुनै कसर बाँकी नराखि काम गर्न अस्पतालका चिकित्सकहरुलाई अनुरोध गर्नु भएको कोईरालाले जानकारी दिनुभयो ।
कोईरालाका अनुसार घाईते मध्ये ३ जनाको अबस्था गम्भिर रहेको छ । दुर्घटनामा घाईते भएका अन्य १४ जना उपचार पछि घर फर्किएका छन् ।
पबित्र तिर्थस्थल देवघाट धाममा सुरक्षा दिएर फर्कदै गरेको नेपाल प्रहरीको गाडी माघ १ गते साँझ दाशढुङ्गाको तनहुँ तर्फ दुर्घटनामा परेको थियो । सो गाडी जिल्ला प्रहरी कार्यालय तनहुँ तर्फ जाने क्रममा दुर्घटनामा परेको हो । घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको थियो ।