चितवनः पर्यटक वोकेको बस र ट्रक ठक्कर खाँदा ३३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट आउँदै गरेको ट्रक र पर्यटक बोकेको बस भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरमा आज बिहान ठक्कर खाएको हो । गुडीरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बस ठक्करखाँदा ३३ जना घाईते भएका छन् । घाईते मध्ये २१ जना चिनिया पर्यटक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढ तर्फ आउँदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकमा पछाडीबाट आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर खाएको थियो । ट्रकमा ठोक्कीएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि पर्यटक बसमा सवार २१ जना चिनिया सहित ३२ जना र घरमा रहेका एक जना महिला घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको भरतपुर अस्पताल, चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । घाईते मध्ये केहीको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !